मंगलवार, २०८३ कार्तिक १७
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेय...

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव गर्नुहुनेछ ।

त्यसैगरी, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । रासस

स्रोत (Original Source): Republicnepal.com (republicnepal.com)

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
के आगामी निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व ल्याउला?
अवश्य ल्याउँछ (Yes) 100% (1)
ल्याउन सक्दैन (No) 0% (0)
भन्न सकिन्न / तटस्थ (Neutral) 0% (0)
जम्मा मत: 1

ट्रेन्डिङ