मंगलवार, २०८३ कार्तिक १७
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न आइपुगे

नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न आइपुगे

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्।
  • भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो।
  • उनी आउनु अघि नै राजदूत जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका हुन्।

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरे ।

भोलिबाट भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको भ्रमणमा आउँदैछन् । उनी आउनु अघि नै राजदूत जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका हुन् ।

दलेला यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रुपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिव स्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवत: पहिलोपटक हो ।

२०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको रुपमा रहेका दलेला त्यसअघि भुटानका लागि भारतीय राजदूतको रुपमा तीन वर्ष सेवा गरेका थिए ।

हाल उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्छन् ।

दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।

उनको आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डी.सी.स्थित भारतीय कूटनीतिक नियोगहरूमा सेवा गरेका छन् ।

सन् २००९ देखि २०११ सम्म उनले प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए ।

उनको मुख्य जिम्मेवारी भारतका दक्षिण एसियाली छिमेकी राष्ट्रहरू, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको भारतको सम्बन्धमा केन्द्रित थियो। उनले० सन् २००६ देखि २००७ सम्म परराष्ट्र मन्त्रालयमा नर्थ डिभिजनको को रुपमा काम गरेका थिए । सन् २०१६ देखि २०१९ सम्म नर्थ डिभिजनकै सहसचिवको रुपमा काम गरेका थिए । त्यसबेला उनले भुटान र नेपालसँग भारतको सम्बन्धकोबारेमा नजिकबाट काम गरेका थिए ।

डलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन् ।

विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका छन् ।

दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव पनि छ । वासिङ्टन डी.सी.स्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुख भएर बसेका थिए ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
के आगामी निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व ल्याउला?
अवश्य ल्याउँछ (Yes) 100% (1)
ल्याउन सक्दैन (No) 0% (0)
भन्न सकिन्न / तटस्थ (Neutral) 0% (0)
जम्मा मत: 1

ट्रेन्डिङ