बिहिवार, २०८३ कार्तिक १९
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

लालजीप्रसाद हत्या प्रकरणमा नयाँ खुलासा, तीन जना पक्राउ

लालजीप्रसाद हत्या प्रकरणमा नयाँ खुलासा, तीन जना पक्राउ

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • सुनसरी । विराटनगर महानगरपालिका–६ मा चोरीको आरोपलाई लिएर भएको विवाद भएपछि ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या भएको प्रहरीले जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी...

सुनसरी । विराटनगर महानगरपालिका–६ मा चोरीको आरोपलाई लिएर भएको विवाद भएपछि ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या भएको प्रहरीले जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले पत्रकार सम्मेलन गरेर हत्या घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक मल्लका अनुसार भारतको वाराणसी स्थायी घर भएका लालजीप्रसाद गुप्ता विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएकोमा कार्तिक ६ गते हत्या भएकोमा मंगलबार तीन जना आरोपितलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–६ स्वागतम चोकका ३६ वर्षीय अफरोज आलमसहित १३ वर्षीय भारतीय नाबालक र १६ वर्षीय नेपाली नाबालक रहेका छन् । विराटनगर महानगरपालिका–६ स्थित स्वागतम चोक क्षेत्रमा बसोबास गर्दै आएका गुप्ताले आलममाथि मोटर चोरीको आरोप लगाएकाले मानहानी भएको भन्दै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विराटनगर महानगरपालिका–६ मा रहेको माता इलेक्ट्रिक वर्कसपबाट पानी तान्ने मोटरको तार चोरी गरेको आरोपलाई लिएर मृतक गुप्ता र अफरोज आलमबीच विवाद भएको थियो । सोही विवादका क्रममा गुप्ताले गाउँभरी हल्ला फैलाएपछि विवाद चर्किएको र गुप्तालाई घरमै बोलाएर हत्या गरिएको प्रहरीको प्रेस नोट विवरणमा उल्लेख छ ।

घटनाबारे स्थानीयबाट जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको सुरक्षा गर्दै तालिमप्राप्त कुकुर र विज्ञ टोली समेत परिचालन गरी आवश्यक प्रमाण संकलन गरेको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–६ स्वागतम चोकका ३६ वर्षीय अफरोज आलमसहित १३ वर्षीय भारतीय नाबालक र १६ वर्षीय नेपाली नाबालकलाई नियन्त्रणमा लिएको विवरणमा उल्लेख छ । नाबालकहरूको नाम सार्वजनिक गरिएको छैन् ।

घटनासँग सम्बन्धित प्रमाणका रूपमा प्रहरीले हत्या गर्न प्रयोग गरिएको भनिएको जिआई पाइप, मृतकले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरेको जनाएको छ । प्रहरीले घटनाको कारण, घटनामा प्रत्येक व्यक्तिको भूमिका तथा अन्य सम्भावित पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । हेडलाईनहरू दिनुहाेस

स्रोत (Original Source): Republicnepal.com (republicnepal.com)

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
के आगामी निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व ल्याउला?
अवश्य ल्याउँछ (Yes) 100% (1)
ल्याउन सक्दैन (No) 0% (0)
भन्न सकिन्न / तटस्थ (Neutral) 0% (0)
जम्मा मत: 1

ट्रेन्डिङ