बुधवार, २०८३ कार्तिक १८
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो

नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ। बुधवार र बिहीबारका दुई कारोबार दिन नेप्से बढेर बन्द भए पनि सामान्य अङ्कले घटेको छ ।  शुक्रबार नेप्से परिसूचक...

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ। बुधवार र बिहीबारका दुई कारोबार दिन नेप्से बढेर बन्द भए पनि सामान्य अङ्कले घटेको छ । 

शुक्रबार नेप्से परिसूचक ८.३० अङ्क घटेर २ हजार ६५३.४० विन्दुमा झरेको छ । आज कारोबारमा आएका ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । 

नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

 

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक१.०६ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।

 

नेप्से सामान्य अङ्कले घटे पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।जसमा सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको भने सेयर मूल्य १३.६५ प्रतिशतले घटेको छ ।

 

कारोबार रकमका आधारमा एग्रीकल्चरल बण्डको ४३ करोड रुपैयाँ बराबरको सो बण्ड किनबेच भएको छ ।

स्रोत (Original Source): Republicnepal.com (republicnepal.com)

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
के आगामी निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व ल्याउला?
अवश्य ल्याउँछ (Yes) 100% (1)
ल्याउन सक्दैन (No) 0% (0)
भन्न सकिन्न / तटस्थ (Neutral) 0% (0)
जम्मा मत: 1

ट्रेन्डिङ