एन–प्याब्सन निलम्बित, अर्को सूचना नभएसम्म गतिविधि गर्न रोक
काठमाडौँ । सरकारले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन–प्याब्सन) लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ ।
शिक्षा क्षेत्रसँग सम्बन्धित उक्त संस्थाले सरकारका निर्देशन पालना नगरेको तथा संस्थाका पदाधिकारीहरू स्वीकृत विधान र उद्देश्यविपरीतका गतिविधिमा संलग्न भएको पाइएपछि गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले शुक्रबार (अक्टोबर ३०) जारी गरेको आधिकारिक सूचनाअनुसार संस्थालाई आफ्नो धारणा स्पष्ट पार्ने अवसर दिइएको भए पनि त्यसपछि पनि सरकारी निर्देशनको पालना नगरेको पाइएको छ ।
निलम्बनमा परेसँगै एन–प्याब्सनको नाममा कुनै पनि भेला, सभा वा गतिविधि सञ्चालन नगर्न मन्त्रालयले चेतावनी दिएको छ । निलम्बित संस्थाको नाममा गतिविधि सञ्चालन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
सूचना (Source Notice)
यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्