बुधवार, २०८३ कार्तिक १८
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

biznessviews Uncategorize Oct 30, 2026 02:08 PM मूल स्रोत वेबसाइट
समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

काठमाडौँ । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ ।

शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको उल्लेख गरेको छ ।

लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यस्तो घटना हुनु झनै गम्भीर रहेको काउन्सिलको भनाइ छ। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको काउन्सिलले जनाएको छ।

समाचारमाथिको उजुरी हेर्ने जिम्मेवारी प्रेस काउन्सिलको

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति भएमा वा पत्रकार आचारसंहिता उल्लंघन भएको उजुरी परेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी काउन्सिलकै भएको स्पष्ट पारेको छ ।

समाचार सामग्रीकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

नियन्त्रणमा लिइएका पत्रकारको अवस्था सार्वजनिक गर्न माग

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउ गर्नुको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ । कानुनी आधारबिना पत्रकारलाई नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत काउन्सिलले आग्रह गरेको छ ।

त्यसैगरी, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको प्रवर्द्धनमा आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै काउन्सिलले पत्रकारलाई निर्वाध रूपमा पेसागत जिम्मेवारी निर्वाह गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने कार्य तत्काल रोक्न महासंघको माग



स्रोत (Original Source): biznessviews (biznessviews.com)
सूचना (Source Notice)

यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्

सबै RSS समाचारहरू

विभिन्न अनलाइन स्रोतहरूबाट ताजा समाचारहरूको पूरा संकलन हेर्नुहोस्।

/rss-feed मा जानुहोस्