बुधवार, २०८३ कार्तिक १८
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

‘मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यक नपरी यात्रा नगर्नू’

khabarbindu Uncategorize Oct 30, 2026 08:00 AM मूल स्रोत वेबसाइट
‘मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यक नपरी यात्रा नगर्नू’

काठमाडौं । सडक डिभिजन भरतपुरले मुग्लिन-नारायणगढ सडकमा पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ ।

सडक डिभिजन भरतपुरले आज बिहान ११ः२५ बजे सूचना जारी गरी मुग्लिन-नारायणगढ सडकबाट यात्रा गर्नै परे सम्बन्धित सुरक्षा निकायमा अवस्था बुझेर मात्रै यात्रा गर्न सम्पूर्ण चालक तथा यात्रुलाई अनुरोध गरेको हो ।

‘अर्नब चक्रबातको कारण हाल नेपालीको धेरै भागमा वर्षा भइरहेको छ। मुग्लिन-नारायणगढ सडकखण्ड सामान्य अवस्थामा छ भने सवारी आवागमन पनि सुचारु रहेको छ। वर्षाको कारण सडक र पहिरोको सम्भावित जोखिम कायमै रहेकोले अत्यावश्यकबाहेक यात्राको तय नगर्नुहुन साथै यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

The post ‘मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यक नपरी यात्रा नगर्नू’ appeared first on khabarbindu.

स्रोत (Original Source): khabarbindu (khabarbindu.com)
सूचना (Source Notice)

यो समाचार khabarbindu को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्

सबै RSS समाचारहरू

विभिन्न अनलाइन स्रोतहरूबाट ताजा समाचारहरूको पूरा संकलन हेर्नुहोस्।

/rss-feed मा जानुहोस्