बुधवार, २०८३ कार्तिक १८
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

सप्तकोशीमा तीन किलोमिटर लामो नयाँ पुल बन्ने, लागत कति?

khabarbindu Uncategorize Oct 30, 2026 08:09 AM मूल स्रोत वेबसाइट
सप्तकोशीमा तीन किलोमिटर लामो नयाँ पुल बन्ने, लागत कति?

सप्तरी । सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रुपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ ।

केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए ।

एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व-पश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ । निर्देशक ढकालले भने, ‘अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ ।’

त्यस परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिने छ । हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ । परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका केही विषयका कारण काम भइरहेको छ ।

कोशी ब्यारेज पुरानो हुँदै गएको र बढ्दो सवारी चापका कारण प्रस्तावित वैकल्पिक मार्ग नेपालको पूर्वी क्षेत्रमा यातायात सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण सावित हुनेछ ।

The post सप्तकोशीमा तीन किलोमिटर लामो नयाँ पुल बन्ने, लागत कति? appeared first on khabarbindu.

स्रोत (Original Source): khabarbindu (khabarbindu.com)
सूचना (Source Notice)

यो समाचार khabarbindu को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्

सबै RSS समाचारहरू

विभिन्न अनलाइन स्रोतहरूबाट ताजा समाचारहरूको पूरा संकलन हेर्नुहोस्।

/rss-feed मा जानुहोस्